आज ६७औँ राष्ट्रिय सहकारी दिवस,संख्या बढे पनि गुणस्तर र विश्वसनीयतामा प्रश्नै प्रश्न | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

आज ६७औँ राष्ट्रिय सहकारी दिवस,संख्या बढे पनि गुणस्तर र विश्वसनीयतामा प्रश्नै प्रश्न

काठमाडौं,२० चैत्र । ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ आज ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै छ ।

२०१३ साल चैत २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । देशभर अहिले करिब ३० हजारको संख्यामा सहकारी रहेको तथ्यांक छ । सहकारीमा झण्डै ६० लाख सदस्य छन् ।

सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाखलाई अप्रत्यक्ष रोजगारी, कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान गरेको बताइन्छ । तर संख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न सकेको छैन । धेरै संस्थाको कारोबार जोखिमपूर्ण देखिएको छ । लाखौं सहकारी पीडित न्यायका लागि भौतारिरहेका छन् । सरकारले प्राथमिकता दिएका कृषिजन्य उत्पादन, प्रशोधन, बजारीकरणका साथै सेवा क्षेत्रमा सहकारीले अपेक्षित योगदान दिन सकेका छैनन् । आम नागरिकको विश्वास जित्नु नै सहकारीको प्रमुख चुनौति हो अहिलेको अवस्थामा ।

सहकारी ठगी प्रकरणले अहिले संसद समेत तातिरहेको अवस्थामा यसको मुल्य मान्यता र सिद्धान्त कायम राख्ने जिम्मेवारी राज्यकै काँधमा आएको छ ।

Leave a Reply