मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउन नेतृत्वदायी भूमिका : खेलकुद मन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउन नेतृत्वदायी भूमिका : खेलकुद मन्त्री

काठमाडौं, ३१ वैशाख । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले युवाहरुलाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यमको रुपमा स्काउटलाई उपयोग गर्नुपर्नेमा जोड दिनु भएको छ । नेपाल स्काउटका संरक्षक समेत रहनु भएका मन्त्री लिम्बुले ‘एक घर : एक स्काउट’को अवधारणा अनुसार अघि बढदा देश र जनताप्रति जवाफदेही युवाहरु उत्पादन गर्न सकिने समेत स्पष्ट पार्नु भयो ।

नेपाल स्काउटले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले स्काउटलाई तल्लो तहसम्म लैजान सक्ने हो भने युवाहरुलाई अनुशासित र राष्ट्रपति जिम्मेवार बनाउन सहज हुने स्मरण गराउनु भयो । मन्त्री लिम्बुले नेपाल स्काउटको प्रगतिका लागि आफूले त्यससँग सम्बन्धित कानुनहरुलाई समयानुकूल हुने गरी परिमार्जन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘२०५० सालको ऐन त अलि पुरानै भयो होला । अहिलेसम्म त्यसको संशोधन गरेर समयानुकूल ऐनहरु परिमार्जन गर्दै यसको विकास र समृद्धिका लागि पनि ऐनहरु समयानुकूल परिमार्जन हुनुपर्दछ । ३० वर्ष नाघिसक्यो । अहिलेसम्म यसको ऐन परिमार्जन भएको छैन । अव यसमा के गर्न सकिन्छ । यसको पदाधिकारीहरुसँग बसेर सरकारले के गर्नु प¥यो त ? के गर्दा नेपाल स्काउटको प्रगति हुन्छ । सोही अनुसार काम गर्ने प्रतिवद्धतना पनि व्यक्त गर्न चाहन्छु । नेपाल स्काउटलाई तल्लो तहमा लिएर जान सकियो भने राम्रो हुन्छ । एक घरः एक स्काउटको अवधारणा आईसकेकै अवस्था छ । र, अहिले हामीसँग युवाहरुलाई राष्ट्र विकासको मूल धारमा जोडने माध्यामको रुपमा यो स्काउटलाई हामी उपयोग गर्न सक्छौं । एउटा घरमा हामीले एउटा स्काउट जन्माउँदै गर्दाखेरी एउटा अनुशासित युवा, त्यहाँबाट प्रशिक्षित भएर आउँदैगर्दा निश्चय नै राष्ट्रप्रति जवाफदेही पूर्ण ढंगले अगाडि बढने, राष्ट्रपति जिम्मेवारीबोध गर्ने युवाहरु हामीले उत्पादन गर्न सक्छौं भन्ने मलाई लाग्दछ ।’

मन्त्री लिम्बुले मुलुकलाई समृद्ध बनाउन नेपाल स्काउटले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने विश्वास समेत व्यक्त गर्नु भयो । नेपाल स्काउट अन्तराष्ट्रिय संस्था पनि भएकाले विभिन्न अन्तराष्ट्रिय निकायहरुसँग छलफल गरेर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनका लागि पहल गर्न सकिने उहाँको भनाई थियो । मन्त्री लिम्बुले मुलुकको समृद्धि र विकासका लागि संकल्प लिएर अघि बढन पनि नेपाल स्काउटलाई आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, ‘मेरो आग्रह छ–हामी भन्ने भावनाको विकास गरौं । र, सबैले साझा धारणा बनाएर यो मुलुकको विकास, यो मुलुकको समृद्धि गर्ने क्रममा हामी सबै जना एकाकार भएको अगाडि बढौं । कदममा कदम मिलाएर हामी अगाडि बढौं । हाम्रो संकल्पले यो मुलुकमा निश्चय पनि केही परिवर्तन हुन सक्छ । नेपाल स्काउटको त्यो संकल्प गरेर जान सक्यो भने हामी सामाजिक रुपान्तरणको काम पनि गर्न सक्छौं । राजनीतिक स्थिरताको लागि पनि काम गर्न सक्छौं । आर्थिक विकासका लागि पनि काम गर्न सक्छौं । रोजगारीको अवसर सृजना गर्नका लागि पनि हामी काम गर्न सक्छौं । र, नेपाल स्काउट एउटा अन्तराष्ट्रिय संस्था भएकाले अन्तराष्ट्रिय निकायहरुसँग पनि हामी छलफल गरेर हाम्रो मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छौं । त्यो संकल्प गरेर हामी अगाडि बढौं । ’

कार्यक्रममा मन्त्री लिम्बुलाई नेपाल स्काउटको संरक्षकको रुपमा दीक्षित गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);