एशियाली खेलकुदलाई लक्षित खेलाडी र प्रशिक्षकहरूलाई तालिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

एशियाली खेलकुदलाई लक्षित खेलाडी र प्रशिक्षकहरूलाई तालिम

काठमाडौं । १९ औं एशियाली खेलकुदलाई लक्षित गर्दै नेपाली खेलाडी र प्रशिक्षकहरूलाई एन्टी डोपिङको तालिम प्रदान गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत १९ औं एशियाली खेलकुद सचिवालयको आयोजनामा खेलाडी तथा प्रशिक्षकलाई लक्षित गरी एन्टी डोपिङ कक्षा मंगलवारदेखि शुरु भएको छ । तीनदिने कक्षा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिससमा शुरु भएको हो । एशियाली खेलकुदमा नेपालले सहभागिता जनाउने विभिन्न २९ खेललाई तीन भागमा विभाजन गरी तीन दिनसम्म कक्षा सञ्चालन गरिनेछ ।

सहभागीलाई औषधिको प्रयोग, डोपिङको विधि, डोपिङको आवश्यकता, प्रशिक्षणको अवस्थामा रहेका खेलाडीले प्रयोग गरिहेको औषधि, वडाको नियमलगायतका विषयमा जानकारी गराइनेछ । दक्षिण एसियाली एन्टी डोपिङ ओर्गनाइजेसनका बोर्ड सदस्य डा. ज्ञानेन्द्र शाह, नेपाल ओलम्पिक कमिटीअन्तर्गत एन्टी डोपिङ कमिटीका संयोजक डा. नविसमान सिंह प्रधान र विज्ञ डा. सुसन वैद्यले सहभागीलाई एन्टी डोपिङ सम्बन्धी जानकारी दिइरहेका छन् ।

कार्यक्रमको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । सो अवसरमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले अन्य देशले एन्टी डोपिङबारे धेरै प्रगति भइरहेको उल्लेख गर्नुभयो । राखेपले पनि यसबारे धेरै गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनु भयो ।

एन्टी डोपिङ सम्बन्धमा प्रगति गर्नसक्दा पनि राष्ट्रको शान बढ्ने मन्त्री लिम्बूको विश्वास छ । एन्टी डोपिङको भेला र प्रशिक्षणले पनि आफूहरूलाई काम गर्न प्रात्सोहित गर्ने मन्त्री लिम्बूको भनाइ छ ।
दक्षिण एशियाली एन्टी डोपिङका सदस्य डा. ज्ञानेन्द्रविक्रम शाहले पछिल्ला समय डोपिङका बारे विभिन्न कार्यक्रम बढाइदै गएको उल्लेख गरे । यस्ता कार्यक्रमले गर्दा खेलाडीहरू पनि डोपिङबारे थप सचेत हुँदै गएको शाहको विश्वास थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोईरालाले आम जनसमुदायले पनि खेलाडीहरूबाट धेरै अपेक्षा गरिरहेको बताउनु भयो । खेलाडीहरूले पनि ती अपेक्षाहरू पूरा गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले चरणवद्ध रूपमा नेपाली खेलाडीहरूले तयारी गरिरहेको बताउनु भयो । सोही तयारीमा रहेका खेलाडीलाई राखेपले डोपिङका बारेमा प्रशिक्षण पनि दिइरहेको जानकारी दिनुभयो ।

सदस्यसचिव घिसिङले एसियाडमा खेल्ने खेलाडीहरूलाई शारीरिक र प्राविधिक तालिममा मात्र सीमित नगर्ने विश्वास व्यक्त गर्नुभयो । खेलाडीका प्रदर्शनलाई समग्रमा सुधार गर्न खेलाडीको न्युट्रिसनलगायत अन्य विषयमा पनि तालिम दिने घिसिङले जानकारी दिनुभयो ।

सोही अवसरमा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले १९ औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने विभिन्न २९ खेलका खेलाडी तथा प्रशिक्षकलाई किट्स पनि हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);