प्रदेश १ मा ६ महिनामा १८ करोड भन्दा बढी राजश्व संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रदेश १ मा ६ महिनामा १८ करोड भन्दा बढी राजश्व संकलन

उत्तम रिजाल

झापा, ८ माघ । प्रदेश १ मा यस आर्थिक वर्षको ६ महिनामा १८ करोड भन्दा बढी राजश्व संकलन भएको छ । संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा चोरी निकाशी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचालन भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।

यस आर्थिक वर्षको ६ महिनामा मात्र ३ हजार ३ सय १४ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ४१७ जना फरार प्रतिवादी पक्राउ गरी कैद भुक्तान भई , १ करोड ५२ लाख ७० हजार ९ सय ८२ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी लागुऔषध नियन्त्रणतर्फ बिशेष ध्यान दिई ब्यापक रुपमा प्रहरी परिचालन गरेसँगै ११ सय ६४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने ३ सय ३६ दशमलव ३१ केजी गाँजा बरामद भएको छ । यसैगरी विभिन्न मनोद्धिपक क्याप्सुल २८ हजार ५ सय ५० ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई ३ हजार ९ सय ५८ एम्पुल बरामद भएको छ । अन्य विभिन्न किसिमका मनोद्धिपक औषधीहरु एक हजार ६ सय २० ट्याब्लेट बरामद भएको छ ।

यसैगरी २ हजार ३ सय ६२ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख २७ हजार २ सय ६६ ओटा गाँजाका बोट नष्ट गरिएको छ ।

यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने ८० जना मानिस पक्राउ गर्नुका साथै ७ करोड ९९ लाख ८ हजार १०५ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने एक सय १९ जना मानिस र ५ सय ४० वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३७ लाख ७५ हजार ७ सय २० रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी अबैध काठ चोरी निकासी गर्ने ३६ जना मानिस पक्राउ गर्नुका साथै एक हजार ५ सय ६९ क्यू.फिट. काठ बरामद गरी २० लाख ६५ हजार ९ सय ८० रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षको ६ महिनामा ट्राफिक नियम उलंघन गर्ने १ लाख २४ हजार ८ सय ८९ वटा सवारी साधनलाई कारवाही गर्दा ७ करोड ६८ लाख ४९ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सबै विधाबाट आर्थिक वर्षको ६ महिनामा मात्र कुल १८ करोड २२ लाख ४ हजार ४ सय ७७ रुपैयाँ राजश्व संकलन भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);