फिलिपिन्समा भूकम्प जाँदा ६ जनाको मृत्यु, ३ सय भन्दा बढी घाइते (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फिलिपिन्समा भूकम्प जाँदा ६ जनाको मृत्यु, ३ सय भन्दा बढी घाइते (अपडेट)

Philipins-Earthquake

एजेन्सी, १३ कात्तिक । दक्षिण फिलिपिन्समा मंगलबार गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ६ जनाको मृत्यु भएको फिलिपिन्सका अधिकारीले बताएका छन् । भूकम्पका कारण ३०० भन्दा बढी व्यक्ति घाइते भएका बताइएको छ ।

भूकम्प धक्का कतिपय स्थानमा एक मिनेटसम्म अनुभव गरिएको थियो । भूकम्पबाट सर्वसाधारणका घरहरुका साथै ठुल्ठूला भवनहरु र स्कुलका कक्षाकोठाहरुमा क्षति पुगेको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्प ६.६ म्याग्निच्युडको थियो । यसलगत्तै अरु ५.८ म्याग्नीच्यूडको परकम्प जानुका साथै अरु ससाना परकम्पहरु पनि गएका थिए । पहिलो धक्का स्थानीय समयअनुसार विहान ९ः०४ मा तादुनान शहरको २५ किलोमिटर दक्षिणपूर्वमा सात किलोमिटरको गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);