चिलीद्धारा दुई मुख्य अन्तर्राष्ट्रिय सम्मेलन स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चिलीद्धारा दुई मुख्य अन्तर्राष्ट्रिय सम्मेलन स्थगित

chile

एजेन्सी, १४ कात्तिक । मुलकमा जारी हिंसात्मक प्रदर्शनका कारण चिलीले २ वटा मुख्य अन्तराष्ट्रिय सम्मेलनको आयोजना स्थगित गरेको छ । चिलिका राष्ट्रपति सेवास्चियन पिनेराले सरकारको पहिलो प्राथमिकता मुलुकमा स्थिरता र शान्तिकायम गर्नु भएको भन्दै राष्ट्रसंघीय वातावरण सम्मेलन कोप–२५ को आयोजनाबाट हात झिकेको बताएका हुन् ।

आगामी डिसेम्बर २ देखि १३ तारिखसम्म हुने तय भएको कोप—२५ को आयोजना गर्न नसक्ने निर्णय दुखदायी भएपनि बाध्यकारी भएको राष्ट्रपति पिनेराको भनाइ छ । यसैगरी अर्काे महिना चिलीमा हुने तय भएको एशिया प्यासेफिक कोअपरेशन फोरम एपेक व्यापार बैठकको आयोजना पनि स्थिगित भएको छ ।

चिलीमा मेट्रोको भाडा बढाउने निर्णयसंगै चर्किएको आन्दोलनमा २० जनाको ज्यान गइसकेको र हिंसा अझै नरोकिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । भाडा बढाउने निर्णय फिर्ता भएपनि आर्थिक समानताको मागसंगै चिलीमा विरोध प्रदर्शन जारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);