अमेरिकी पूर्वविदेशमन्त्री किसिन्जरको निधन | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

अमेरिकी पूर्वविदेशमन्त्री किसिन्जरको निधन

काठमाडौं, १४ मंसिर । अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन भएको छ । अमेरिकाका पूर्व विदेशमन्त्री किसिन्जरको सय वर्षको उमेरमा निधन भएको हो ।

उहाँको आफ्नै निवासमा बुधवार बिहान निधन भएको हो । रिपब्लिकन पार्टीका किसिन्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्री हुनुभएको थियो । भियतनाम युद्धविरामका लागि पहल गरेका कारण सन् १९७३ मा उनले नोबेल शान्ति पुरस्कार समेत प्राप्त गर्नुभएको थियो ।

उहाँ अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नुभएको थियो । उहाँले चीनसँगको सम्बन्ध बिस्तारका लागि समेत भुमिका निभाउनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);