बाजुरको गौमूलमा बूढीगंगा नदीले झोलुंगे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीनः २० घरधुरीको बिचल्ली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बाजुरको गौमूलमा बूढीगंगा नदीले झोलुंगे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीनः २० घरधुरीको बिचल्ली

बाजुरा, २८ साउन । बाजुराबाट बग्ने बूढीगंगा नदीमा आएको बाढीका कारण झोलुंगे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ ।

जिल्लाको गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँसँग जोड्ने पुल बगाउँदा गाउँ नै सम्पर्क विहिन बन्न पुगेको हो ।

गाउँ नै सम्पर्कविहन बन्न पुगेपछि उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ ।

पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा जान नै नसकी फिर्ता हुनुपरेको गाँउपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले माउण्टेन टेलिभिजनसँगको कुराकानीमा जानकारी दिनुभयो ।

उक्त स्थानमा संचारको व्यवस्था नभएको र कोही व्यक्ति जानसक्ने अवस्था नरहेकोले क्षति बारेमा यकिन बताउन नसकिने अध्यक्ष रोकायाको भनाई छ ।

२० घरधुरीमा ९७ जनसंख्या रहेको गाउँमा हेलिकप्टरका लागि पहल भइरहेको र आज मौषममा सुधार भए पठाउन सकिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);