गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बस पाल्पामा दुर्घटना, ६ जनाको मृत्यु, १६ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बस पाल्पामा दुर्घटना, ६ जनाको मृत्यु, १६ जना घाइते

बुटवल । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु१ ज ५९५२ नम्बरको बस पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार बेलुकी ५ बजेतिर बस दुर्घटना हुदाँ बसमा सवार थप १६ जना घाइते बनेको जिल्ला प्रहरी कर्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेका छन्। दुर्घटनामा घाइते भएका १६ जनाको उपचारका लागि तानसेन अस्पताल लगिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको तथा घाइतेको उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);