अर्घाखाँचीमा बस दुर्घटना : १९ को मृत्यु (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

अर्घाखाँचीमा बस दुर्घटना : १९ को मृत्यु (अपडेट)

arghakhachi accident

अर्घाखाँची, १२ मंसिर । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी १२ जना पुरुष र ७ जना महिलाको मृत्यु भएको छ । मृतकमध्ये १ बालक र १ बालिका रहेका छन् । दुर्घटनामा परी नं. ५ वाहिनी रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतको मृत्यु भएको छ। मृतकमध्ये धेरैको घटनास्थलमा केहीको उपचारका क्रममा मृत्यु भएको छ।

मृतकको सनाखन हुन सकेको छैन । सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको उक्त बस सडकबाट करिब ४ सय मिटर तल खसेको थियो।

घाइतेमध्ये दुई जनाको सन्धिखर्क र अन्यको बुटवलमा उपचार भइरहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);