रामेछापको बितिटारमा बस दुर्घटना, ३ को मृत्यु, २० भन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८३, शनिबार

रामेछाप, ६ असोज । रामेछापको रामेछाप नगरपालिका–८ बाबियाखर्कको बितिटारमा शुक्रबार बिहान बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २० भन्दा बढी घाइते भएका छन्।

रामेछाप नगरपालिकाको रामेछापबाट मन्थली हुँदै काठमाडौँका लागि छुटेको बा २ ख ६३७२ नं. को यात्रुवाहक बस बिहान ९ः३० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्याल रामेछापले जनाएको छ।

मृतकमध्ये रामेछाप नपा ८ भंगेरीका दीपक श्रेष्ठ र लिखु गाउँपालिका ७ तिल्पुङकी २५ वर्षीया उमा खड्काको मात्रै पहिचान खुलेको छ।  घाइतेलाई दुर्घटनास्थलबाट निकालेर मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहको अस्पतालमा पुर्याइएका २० जना बिरामीमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

ताजा समाचार