एक महिनामा १२ लाख मूल्य बराबरको अवैध सामान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

झापा, ६ असोज । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले एक महिनामा १२ लाख मूल्यबराबरको अवैध सामान भन्सार बुझाएको छ ।

इलाका प्रहरी कार्यालयले भदौ ११ गतेयता विभिन्न स्थानमा बरामद गरेको अवैध सामग्री शुक्रबार मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको हो । प्रहरीले एक थान कार, एक थान मारुती भ्यान, दुई थान मोटरसाइकल सुर्ती, जुत्ता, लसुन, कस्मेटिक्स, सुक्खा सुपारी, सुकमेल, लत्ता कपडालगायत सामान भन्सारमा बुझाएको जनाएको छ ।

अधिकांश सामान नेपालबाट भारत अबैध रुपमा तस्करी भइरहेका बेला प्रहरीको विशेष टोलीले समातेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिनुभयो । चाडपर्व नजिकिएसँगै सीमानाकामा अवैध रूपमा मालसामान ओसारपसार हुने गरेको पाइएको भन्दै प्रहरीले नाकामा सुरक्षा व्यवस्था कडा पारेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);