काँकरभिट्टाबाट भन्सार छलेर सामान भित्र्याउने क्रम बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काँकरभिट्टाबाट भन्सार छलेर सामान भित्र्याउने क्रम बढ्यो

झापा, ३२ असार । पूर्वी नाका काँकरभिट्टाबाट प्रहरीले चालु आर्थिक बर्षमा १ करोड ५० लाख बराबरको भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले १ करोड ५० लाख बराबरको सामान बरामद गरेर मेची भन्सार कार्यालयमा बुझाएको छ । अघिल्लो आर्थिक बर्षमा सो नाकाबाट प्रहरीले ५४ लाख ५२ हजार बराबरको सामान बरामाद गरेको थियो ।

उता सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकरभिट्टालले पनि १ करोड २३ लाख बराबरको सामान बरामध गरेको छ । सशस्त्र प्रहरीले बरामद गरेको सामान भन्सार कार्यालयमा बुझाएको छ ।

अघिल्लो आर्थिक बर्षमा गुल्मले ६७ लाख २७ हजार बराबरको समान बरामद गरेर भन्सारमा बुझाएको थियो । प्रहरीले पूर्वी नाकामा सतर्कता बढाएसँगै चोरी पैठारीको सामान धेरै बरामद गर्न सकिएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);