रुपन्देहीको सिद्धबाबामा पहिरो : कार र ट्रक पुरिँदा दशैंमा घर हिँडेका यात्रुको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

रुपन्देहीको सिद्धबाबामा पहिरो : कार र ट्रक पुरिँदा दशैंमा घर हिँडेका यात्रुको मृत्यु

बुटबल, ७ असोज । रुपन्देहीको तिनाउ गाउँपालिकामा पर्ने सिद्धबाबा सडक खण्डमा पहिरो खस्दा ट्रक र कार पुरिएका छन्। तिनाउ गाउँपालिकाको हेडबक्स भन्ने स्थानमा खसेको पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको हो।

दशैंमा घर जान हिँडेका यात्रु चढेको लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरिएका हुन्। ज्यान गुमाउनेको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। अहिले पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गरिएको छ। पहिरोले ट्रक र कार टुक्राटुक्रा भएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);