जापानी अर्थतन्त्र आर्थिक मन्दीमा फस्नबाट जोगियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

जापानी अर्थतन्त्र आर्थिक मन्दीमा फस्नबाट जोगियो

फागुन २८,जापानी अर्थतन्त्र आर्थिक मन्दीमा फस्नबाट जोगिएको छ ।

विश्वको तेस्रोबाट चौथो स्थानमा झरी सकेको जापानको अर्थतन्त्र आर्थिक मन्दीमा फस्नबाट भने जोगिएको अन्तर्राष्ट्रिय
संचार माध्यमहरुले जनाएका छन् ।

संशोधित तथ्यांकअनुसार एक वर्ष अघिको सोही अवधिको तुलनामा सन् २०२३ को अन्तिम त्रैमासमा जापानको अर्थतन्त्र शून्य दशमलव ४ प्रतिशतले बढेको छ ।

योसँगै अर्थतन्त्र मन्दीमा जानबाट प्राविधिक रुपले जोगिएको हो । गएको महिना सार्वजनिक भएको प्रारम्भिक तथ्यांकले भने अर्थतन्त्र लगातार दोस्रो त्रैमासमा पनि खुम्चिएको देखाएको थियो ।

लगातार दुई त्रैमाससम्म अर्थतन्त्र खुम्चिनुलाई अर्थशास्त्रको भाषामा आर्थिक मन्दी भनिन्छ । तर पनि संशोधित तथ्यांक अर्थशास्त्रीहरूले अनुमान गरेको भन्दा चाँहि कम हो ।

संशोधित तथ्यांकले चौथो त्रैमासमा अर्थतन्त्र करिब १ प्रतिशतले बढेको देखाउन सक्ने अनुमान गरिएको थियो ।
डिसेम्बर त्रैमासमा कम्पनीहरूले आ–आफ्नो व्यवसायमा गरेको लगानीको आकार उच्च रहेको अर्थ मन्त्रालयले प्रकाशित गरेको तथ्यांकले देखाएपछि अर्थतन्त्र मन्दीमा जानबाट जोगिएको बताइएको छ ।

हालैका त्रैमासहरूमा जापानको आर्थिक वृद्धिदर असमान देखिएको छ । छिमेकी चीनको अर्थतन्त्रमा आएको सुस्ती र घरेलु कार निर्माता कम्पनी दाइहात्सुको उत्पादन रोक्ने आदेशका कारण चालु त्रैमासमा जापानी अर्थतन्त्र पुनः खुम्चने अनुमान गरिएको छ ।०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);