शुक्रराज अस्पतालले तोक्यो कोरोना संकमितको उपचार खर्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शुक्रराज अस्पतालले तोक्यो कोरोना संकमितको उपचार खर्च

sukraraj

दैनिक उपचार १५ हजार, धरौटी रकम ५० हजार

काठमाडौं, १६ कार्तिक । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आईसीयू र आइसोलेशनमा भर्ना भएका बिरामीको लागि शुल्क तोकेको छ ।

कोरोनाको उपचारका लागि अस्पताल भर्ना भएका बिरामीको लक्षणका आधारमा लाग्ने दैनिक खर्च र उपचारका लागि लाग्ने धरौटी रकम टेकु अस्पतालले आइतबार गरेको हो ।

कोरोना संक्रमणबाट स्वास्थ्यमा जटिल समस्या भइ आईसीयूसँगै भेन्टिलेटमा उपचार गर्दा दैनिक उपचार १५ हजार लाग्ने अस्पताले तोकेको छ भने धरौटी रकम ५० हजार लाग्छ । यस्तै आइसियु मात्र चाहिने र मध्यम जटिल , क्याविन आइसोलेसनमा उपचार गर्नुपर्ने बिरामीले दैनिक ७ हजार ५ सय उपचार खर्च तिर्नुपर्छ भने ३० हजार धरौटी रकम लाग्छ ।

संक्रमित भएर मध्यम जटिल अवस्थाका बिरामी ग्यास्ट्रो आइसोलेसनमा बस्दा दैनिक ३५ सय उपचार शुल्क लाग्छ भने २० हजार धरौटी रकम तिनुपर्ने अस्पतालले जनाएको छ ।

विपन्न, जेष्ठ नागरिक ७० वर्षभन्दा माथि, अति अपांगता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचय पत्र भएमा आर्थिक अवस्था हेरेर आवश्यकताका आधारमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म उपचार छुट दिने अस्पतालले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ गतेबाट लागु हुने गरीसबै कोरोना अस्पताललाई संक्रमितको उपचार सःशुल्क गर्न निर्देशन दिएको थियो ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);