रुपन्देहीमा ९ लाख मूल्य बराबरको पटाका बरामद, एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

रुपन्देहीमा ९ लाख मूल्य बराबरको पटाका बरामद, एक जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले ९ लाख मूल्य बराबरको पटाका बरामद गरेको छ । विभिन्न आकार र साइज तथा नामका १५ हजार ३ सय ८१ प्याकेट ५७५ केजीको ९ लाख मूल्य बराबरको पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाकाअनुसार बुटवल उपमहानगरपालिका–११ मजुवास्थित दिलिप केशरीको घर भाडामा लिई पसल संचालन गर्ने एक जना व्यक्तिले लुकाईछिपाई पटाकाहरु राखेको भन्ने गोप्य सूचनाका आधारमा पसलमा छापा मार्दा पटाका बरामद गरी पसल सञ्चालकलाई नियन्त्रणमा लिइएको डीएसपी थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका–७ स्थायी ठेगाना भइ हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मजुवा बस्ने ३१ वर्षीय बिस्मिल्ला मिया रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply