कपिलवस्तुमा अवैध रुपमा पटाका भित्रिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कपिलवस्तुमा अवैध रुपमा पटाका भित्रिदै

कपिलवस्तु, २८ कार्तिक । कपिलवस्तुमा अवैध रुपमा पटाका नेपाल भित्रिइरहेका छन् । नेपालमा पटाका पड्काउन निषेध गरिए पनि व्यापारीहरुले अवैध रुपमा चोरबाटो हुँदै ठूलो मात्रामा पटाका भित्र्याईरहेका हुन् ।

प्रहरीले सीमा क्षेत्रमा चेकजाँचलाई प्रभावकारी बनाए पनि खुला बोर्डरको कारण पटाका भित्रिरहेका छन् । कपिलवस्तुको मर्यादपुर, चाकरचौडा, हरदौना र कृष्णनगर क्षेत्रबाट पटकाहरु भित्रिरहेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले एक दिनमा डेढ लाख रुपैयाँ भन्दा बढी मूल्यका विस्फोटकजन्य पदार्थ बरामद गरि नष्ट गरिएको सुठौली भन्सार कार्यालयले जनाएको छ ।

विगत वर्षहरुमा जस्तै यस वर्ष पनि पटकाजन्य पदार्थ ओसार–पसार, खरिद–बिक्री र प्रयोगमा पूर्णप्रतिबन्ध सहित अनुगमनलाई प्राथमिकता दिईएकोे छ । जिल्ला प्रहरी कार्यालयले सीमा क्षेत्र तथा किनारका छोटी नाकाहरुमा समेत कडाइ र गस्ती गर्न निर्देशन दिएको बताईएको छ ।

पटका बिक्री तथा प्रयोग गर्ने जो–कोहीलाई पनि कानुनी कारबाही गरिने जिल्ला प्रसाशन कार्यलय कपिलवस्तुले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);