चेकजाँचमा कडाई गरेपनि नाकाबाट अवैधरुपमा पटाका भित्रिने क्रम रोकिएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

चेकजाँचमा कडाई गरेपनि नाकाबाट अवैधरुपमा पटाका भित्रिने क्रम रोकिएन

kapilbastu sima naka

कपिलवस्तु, १० कात्तिक । तिहारको अवसरमा कपिलवस्तुको नाका हुँदै अवैधरुपमा पटाका भित्रिने क्रम जारी छ । नेपाल भारतबीच खुल्ला सिमाका कारण धेरै मात्रामा अवैध रुपमा पटाका आयात हुने गरेको छ ।

व्यापारीहरुले चोरबाटो हुँदै ठूलो मात्रामा पटाका भित्र्याउने भएकोले प्रहरीले पनि सीमा क्षेत्रमा चेकजाँचमा कडाई गरेको छ । तर पनि सीमानाकाको चोरबाटो हुँदै व्यापारीहरुले विस्फोटकजन्य पदार्थ भने अझै पुर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन ।

सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले विशेष चेकजाँच गरेतापनि खुला सिमानाको फाइदा उठाउँदै यतिबेला व्यापारीहरुले ठूलो परिमाणमा पटकाजन्य वस्तु नेपाल भित्र्याइरहेका छन् । विशेषगरी कपिलवस्तुको मर्यादपुर, चाकरचौडा, हरदौना र कृष्णनगर क्षेत्रबाट पटकाहरु धमाधम नेपाल भित्रिरहेका छन् । नेपाल प्रहरीले पाँच लाख रुपैयाँभन्दा बढी मूल्यका विस्फोटकजन्य पदार्थ बरामद गरिसकेको छ ।

विगतका वर्षहरुमाजस्तै यस वर्ष पनि पटाकाजन्य पदार्थ ओसार–पसार, खरिद–बिक्री र प्रयोगमा पूर्णप्रतिबन्ध सहित अनुगमन गरिएको प्रहरीकोे भनाइ छ । जिल्ला प्रहरी कार्यालयले सीमा क्षेत्र तथा किनारका छोटी नाकाहरुमा समेत कडाइ र गस्ती गर्न निर्देशन दिएको र तत्काल बजार अनुगमन गरी पटाका बिक्री, प्रयोग गर्ने जो–कोहीलाई पनि कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिप शम्सेर जबराले बताउनु भयो ।

पटाका तथा बारुदजन्य पदार्थले दुर्घटना निम्त्याउन सक्ने र गलत प्रयोग पनि हुने सक्ने भएका प्रहरीले पटाका आयात गर्न र पड्काउनमा नै प्रतिबन्ध लगाएको हो । प्रहरीद्धारा पटाका नियन्त्रण गर्नु राम्रो पहल भएको स्थानीयको भनाई छ ।

पटाकाको प्रयोगले अप्रिय घटना भएको खबरहरु बर्षेनी आउने गरेको छ । यस्तो दुर्घटनालाई मध्येनगर गर्दै प्रहरीले पटाका आयात तथा पड्काउनमा प्रतिबन्ध लगाउनु सराहनीय हो । अभिभावकहरुले पनि बालबालिकालाई पटाका पड्काएर रमाउन भन्दा पनि हाम्रो मौलिक परम्परा चाडपर्व मनाउन प्रेरित गर्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);