पर्यटन बर्ष २०२० सफल बनाउन चीनले सहयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

पर्यटन बर्ष २०२० सफल बनाउन चीनले सहयोग गर्ने

chin sahayog

काठमाडौं, २७ कात्तिक । चीनले नेपाल पर्यटन बर्ष २०२० लाई सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । नेपाल भ्रमणमा आएका चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगांङले मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसँग भेटगरी नेपालको पर्यटन क्षेत्रको प्रवर्धन गर्न चीनले आवश्यक लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

भेटका क्रममा नेपालमा चिनियाँ पर्यटन प्रवर्धनका लागि आवश्यक वातावरण बनाउन सुगांङले नेपाल सरकारसंग आग्रह gare । भेटपछि नेपालको पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउन चिनियाँ मन्त्री सुगांङले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको मन्त्री अधिकारीले जानकारी दिए ।

काठमाडौंमा मंगलवारबाट सुरु भएको चिनियाँ महोत्सवमा भाग लिन नेपाल आउनु भएका चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री सुगांङ र मन्त्री अधिकारीबीच दुई पक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषमया पनि छलफल भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);