चीनले लुम्बिनीको पूर्वाधार विकासमा लगानी गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चीनले लुम्बिनीको पूर्वाधार विकासमा लगानी गर्ने

काठमाडौं, २६ भदौ । चीनले बुद्धको जन्मस्थल लुम्बिनीको पूर्वाधार विकासमा लगानी गर्ने प्रतिवद्धता जनाएको छ । सिचुवान प्रान्त लशान नगरपालिकाले लुम्वनीको पूर्वाधार विकासमा आवश्यक लगानी गर्ने प्रतिवद्धता जनाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले चीनको सिचुवान प्रान्तमा आयोजित अन्तराष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको थियो ।

सोही मेलामा भएको द्विपक्षीय छलफलमा लशान नगरपालिकाले नेपालको लुम्विनीको पूर्वाधार विकासमा आवश्यक लगानी गर्ने प्रतिवद्धता जनाएको हो ।

मेलाबारे जानकारी दिन मंगलबार काठमाडौंमा पत्रकार सम्मलेनमा बोल्दै लुम्विनी विकास कोषका उपाध्यक्ष अवधेयकुमार त्रिपाठीले मेलाको क्रममा लुम्विनीमा रहेको मायादेवी मन्दिर र अशोक स्तम्भको स्मारक लशान प्रान्तमा स्थापना गरेर लुम्विनीको अझै बढि प्रचारप्रसार गर्ने सहमति पनि गरिएको जानकारी दिए ।

भाद्र २१ गतेदेखि २४ गतेसम्म सम्पन्न सो अन्तराष्ट्रिय पर्यटन मेलामा नेपाली हस्तकलाका सामग्रीहरुको प्रर्दशनी पनि गरिएको थियो । चीनले नेपालको लुम्वनीको विकासमा लगानी गर्ने चाहना व्यक्त गरेको मन्त्री अधिकारीले जानकारी दिए ।

नेपालमा धार्मिक पर्यटन वृद्धि गर्न चीनबाट आवश्यक सहयोग उपलब्ध हुने मन्त्री अधिकारीको विश्वास छ । ५६ वटा राष्ट्रहरु सहभागी रहेको सो सम्मेलनमा नेपाललाई सहआयोजकको सम्मान प्रदान गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);