नेपाल भ्रमण वर्ष २०२० को तयारी तिव्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल भ्रमण वर्ष २०२० को तयारी तिव्र

visit nepal 2020

प्रमिला भण्डारी
काठमाडौं, २३ साउन । नेपाल भ्रमण वर्ष २०२० को तयारी तिव्र गतिमा अगाडी बढिरहेको छ । भ्रमण वर्षको लागी एक सय वटा गन्तव्य छनौट भईसकेको छ भने अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसारको काम भईरहेको छ । भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने सरकारको महत्वकांक्षी योजना सहित तयारी तिव्र पारिएको छ ।

सरकारले गत वर्षको वजेट भाषणमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सहित २०२० मा नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो । यसका लागी नेपाल पर्यटन बोर्डले नेपाली डायस्पोरा तथा गैर आवासीय नेपाली संघ एनआरएनएसंग सहकार्य गरेर अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गरेको तथा राष्ट्रिय स्तरमा पनि पर्यटन प्रवर्द्धनको काम भईरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

मुलुको कुनै विशेष ठाउँलाई मात्र प्राथमिकता नदिई सबै क्षेत्रमा पर्यटक पुर्याउने बोर्डको योजना छ । बाह्य मुलुकबाट आउने पर्यटकलाई गुणस्तरीय सेवा प्रवाह गर्नको लागी यस क्षेत्रमा संलग्न १० हजारलाई तालिम दिएको छ भने अहिले १० हजार भन्दा बढिलाई तालिम दिईरहेको छ । गुणस्तरीय सेवा र पर्यटन प्रवर्द्धनको लागी हाल जनचेतना र प्रचारप्रसारको काम भईरहेको बोर्डले जनाएको छ ।

केहि समय अघि पर्यटन मन्त्रीको अभाव रहेकामा अब नयाँ पर्यटन मन्त्री आएसंगै काममा थप सहज भएको छ । पर्यटन मन्त्रीको अभाव रहेको समयमा पनि कामलाई भने निरन्तरता दिईरहेको बोर्डको दाबी छ ।

लामो समयदेखि नेपाल पर्यटकीय गन्तव्य हो र यहाँ हिमाल तथा साहसीक कार्य मात्र हुन्छ भन्ने छवि रहेकोले यसलाई तोड्ने पर्यटन बोर्डको योजना छ । विशेष गरि यस भ्रमण वर्षमा नेपालमा भएको कला, संस्कृति, चाडपर्व आदिलाई प्राथमिकतामा राखिने छ ।

भ्रमण वर्षमा विशेष गरि छिमेकि मुलुक भारत र चीनबाट बढि पर्यटक आउने सम्भावना रहे पनि अमेरिका, जापान, भियतनाम, कम्बोडिया, म्यानमार, पोल्याण्ड, हङ्गेरी लगायतका देश प्राथमिकतामा रहेका छन् ।

नेपाल सुरक्षित गन्तव्यको मुलुकको नाममा परिचित रहेकोले सुरक्षाको बारेमा खासै चुनैती नआउने बोर्डको धारणा छ । तर पर्यटकको सुरक्षा व्यवस्थाको लागी अन्तराष्ट्रिय मान्यता अनुसार मुख्य गन्तव्यहरुमा पर्यटक प्रहरी राख्ने तयारी भएको छ । तर पर्यटन प्रवर्द्धनका लागी विशेष गरि यातायात र बाटोलाई प्राथमिकता दिनु पर्ने बोर्डले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);