नौमती बाजा संरक्षणमा पूर्वी नेपालका ब्राम्हण समुदाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नौमती बाजा संरक्षणमा पूर्वी नेपालका ब्राम्हण समुदाय

naumati baja

टिका खतिवडा
इलाम, २३ साउन । नौमती बाजा ब्राम्हण समूदायले पनि बजाउँछन् भन्दा अनौठो लाग्न सक्छ । तर पूर्वी नेपालमा रहेका ब्राम्हण समुदाय नौमती बाजा बजाउने मात्र हैन यसको संरक्षणमा समेत जुटेका छन् । आफ्नो पुस्ताको कार्य नयाँ पुस्तालाई सिकाउन पनि बाजा संरक्षणमा जुटेका छन् ।

इलाम सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा नौमतीको धुन घन्किँदा चाख मानेर हेर्ने अनि यसमा रमाइलो गर्नेहरु धेरै थिए । हुस्सु र वर्षाबीच भए पनि घन्किएको यो धुनले धेरैको ध्यानाकर्षण गराएको थियो । सँधै जसो अरु समुदायले बजाउँदै आएको नौमती र पञ्चेवाजा धुन बजाउनेहरु भन्दा फरक समूदायका सदस्यले यी बाजामा सुरताल मिलाएकाले पनि धेरैलाई नौलो लागेको थियो ।

कुनै जाति विशेषले मात्र यी बाजा र संस्कृति संरक्षण गर्नुपर्छ भन्ने मान्यताका कारण लोप हुने अवस्थामा पुगेको नौमती र पञ्चेबाजा संरक्षणका लागि अहिले विभिन्न समुहरु सक्रिय छन् ।

नौमती, पञ्चेबाजा र यसको संस्कृति जोगउने उद्देश्यले झापाको एक्टिभ नाइन समुहले इलाममा यी बाजाहरु घन्काएका छन् । दलित जातिले मात्र बजाइने बाजाका रुपमा लिइने नौमती र पञ्चेबाजा संरक्षणका लागि जातियता नहेरी संरक्षणमा लागिएको हो । नयाँमा पुस्तामा संस्कृति हस्तान्तरण र उनीहरुलाई रोजगारीको अवशर समेत सिर्जना गर्नु नै यसको मुख्य उद्देश्य रहेको छ ।

नरसिंहा बजाउनेदेखि सनाई फुक्ने र ट्याम्को दमाहा ठोक्ने सवै ब्राम्हण क्षेत्री छन् । नौमती बाजा सबैको साझा भन्ने नाराका साथ बाजाको संरक्षणमा लागेको समुहका सचिव भानु खनालको भनाई छ ।

यो समुहले यसलाई पेशा कै रुपमा लगेर विवाह उत्सवहरुमा नौमतीलाई प्राथमिकतामा राखेर जगेर्ना गर्ने योजना बनाएको छ । आम्दानीको १० प्रतिशत सामाजिक कार्यमा लगाउँदै आएको समुहले नौमती बाजाको संरक्षणकालागि कलेज नै सञ्चालन गर्ने सोच बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);