बझाङ, २३ साउन । बझाङको जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्काले एक लाख नगद, पाँच लाख बढीको चेक र अत्यावश्यक कागजपत्र सहित सडकमा बेवारिसे भेट्टाएको झोला सम्बन्धीत व्यक्तिलाई फिर्ता गर्नु भएको छ ।
बझाङबाट धनगढी आउने क्रममा जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको शिगास गाउँपालिकाको मुस्याखान जंगल क्षेत्रको सडकमा भेटिएको एक लाख नगद सहित बसन्त बोहराको नाममा काटिएको ५ लाख ४० हजारको चेक र बसन्त बोहराकै अत्याआवश्यक कागजपत्र बुधबार धनगढीमा फिर्ता गरेका हुन् ।
मेयर खड्काले बिहीबार बिहान नगद तथा चेक सहितको झोला नागरिकताका आधारमा बोहरालाई सम्पर्क गरिएको हो । बझाङ्गको बुङगल नगरपालिका ११ का बसन्त बोहराले धनगढीबाट बझाङ्ग जाँदै गर्दा ट्रयाक्टरबाट झोला खसेको बताउनु भयो । हराएको झोला फिर्ता पाएपछि मेयर खड्कालाई धन्यवाद दिँदै बोहराले खुशी व्यक्त गर्नु भयो ।




