वृहत नेपाली शब्दकोशलाई परिमार्जन गर्दै प्रज्ञा प्रतिष्ठान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वृहत नेपाली शब्दकोशलाई परिमार्जन गर्दै प्रज्ञा प्रतिष्ठान

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले वृहत नेपाली शब्दकोशलाई परिमार्जन गर्ने भएको छ ।

शुक्रवार प्रतिष्ठानमा नयाँ नेतृत्व आएको सय दिन पुगेको अवसरमा आायेजित पत्रकार सम्मेलनमा वृहत नेपाली शब्दकोशमा विवाद रहेको भन्दै परिमार्जन गर्ने निर्णय गरेको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका कुलपति भूपाल राईले यसअघि छापिएको वृहत नेपाली शब्दकोसमा विवादित शब्दहरुको रहेको भन्दै धेरै उजुरी आएको बताउनु भयो । उहाँले वृहत नेपाली शब्दकोसमा कुनैपनि विवाद नआउने गरी परिमार्जन गर्ने निर्णयमा पुगेको बताउनु भयो ।

उहाँले वृहत शब्दकोस परिमार्जनको लागि सामाजिक संस्था र सरोकारवाला निकायहरुसँग छलफल गरी समिति बनाएर काम अगाडि बढाउने बताउनु भयो। उहाँले हेरक वर्ष असार ९ गते हुने राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक, सहभागितामुलक र समावेशी बनाउने बताउनु भयो । उहाँले प्रतिष्ठानले साहित्य पत्रिका र पत्रकारलाई दिने गरेको अनुदानको सट्टा दुई जना विशिष्ट साहित्य पत्रकारहरुलाई साहित्यिक पत्रकारीता राष्ट्रिय पुस्कारबाट सम्मान गरिने निर्णय भएको बताउनु भयो । उहाँले जनताको संघर्ष र बलिदान र वीरताको गाथा सौन्दर्यात्मक खोजिमा प्रतिष्ठानले जोड दिने बताउनु भयो ।

कुलपति राईले प्रतिष्ठानले १२३ भाषा र १२५ बढी जातजातिलाई समेटर लैजानुपर्ने चुनौति रहेको बताउनु भयो । उहाँले आगामी ४ वर्षमा प्रतिष्ठानलाई सबैको प्रज्ञा प्रतिष्ठान बनाउने योजना रहेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);