काठमाडौं, २१ मंसिर ||
प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारको अनुभुति भएपनि जनतामा आशाको सञ्चार हुन नसकेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय अर्थतन्त्रका तथ्याङ्कहरु हेर्दा अर्थतन्त्र सुधार भएको देखिएपनि जनतामा आशाको सञ्चार नदेखिएको बताउनु भयो । उहाँले सबैमा अर्थतन्त्र सुधारको आशा जगाउनको लागि सरकारले अझै मेहनत गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले केही नयाँ घोषणा गर्ने तयारीमा रहेको उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ वृहत बैठक र केही नयाँ घोषणा गर्नैपर्ने देखिएको बताउनु भयो । उहाँले शासकीय सुधार गरी अर्थतन्त्रमा समेत सुधार ल्याउनु अहिलेको अवश्यकता रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले व्यवसाय र राजनीतिको क्षेत्रमा जिम्मेवारी बोधको अनुभुति गराउनु आजको आवश्यकता भएको बताउनु भयो । उहाँले अहिले समाजमा हरेक कुरामा नकारात्मकता बनाउने प्रयास भइरहेको भन्दै यसबाट देशले कहिल्यै प्रगति गर्न नसक्ने बताउनु भयो । उहाँले अर्थतन्त्र सुधार हुने आशा जगाउनु चुनौतिपूर्ण भएको बताउनु भयो । उहाँले नकारात्मक भन्दा पनि मुलुकको अर्थतन्त्रका सकारात्मक सम्भावनातिर हेरेर आशा जगाउनसके नेपालमा प्रचुर सम्भावना रहेको बताउनु भयो ।
उहाँले बुधवार मात्र शासकीय सुधारका विषयमा वृहत छलफल गरेको भन्दै यो क्षेत्रमा केही नयाँ गर्नसके त्यसको प्रभावले अर्थतन्त्रमा पनि सुधार हुने अपेक्षा सरकारको रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले सरकारले अर्थतन्त्र सुधारको लागि आवश्यक कानूनी तथा नीतिगत आधार तयार गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु अगाडि सारिरहेको बताउनु भयो । उहाँले मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र नभएर सरकार र राज्यका सबै निकायहरु जिम्मेवार बन्न आवश्यक रहेको बताउनु भयो ।
अर्थतन्त्र सुधारको अनुभुति भएपनि जनतामा आशाको सञ्चार हुन सकेनः प्रधानमन्त्री दाहाल
ताजा समाचार
रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु
१३ घन्टा अघि
प्रतिनिधि सभा नियमावलीमा विपक्षी दलको फरक मत
१३ घन्टा अघि
किसान भन्छन्ः केराको मूल्य बढाएका छैनौँ
१४ घन्टा अघि




