जनसम्पर्क अन्तराष्ट्रीय बिश्व संजालद्वारा कांग्रेस नेता गिरिको समझनामा शोक सभा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जनसम्पर्क अन्तराष्ट्रीय बिश्व संजालद्वारा कांग्रेस नेता गिरिको समझनामा शोक सभा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको सम्झनामा जनसम्पर्क समिति विश्व सञ्जालले आयोजना गरेको शोकसभा कार्यक्रममा सम्पन्न भएको छ । गिरिको सम्झनामा एक मिनोट मौन धारण गरेर शुरु भएको उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोईरालाले प्रदीप गिरि ज्ञानको सागर भएको बताएका थिए । उनले गिरि त्याग र ज्ञानको भण्डार भएको भन्दै वर्तमान कांग्रेस नेतृत्वले बोकेको लक्ष्यविहीन राजनीतिलाई कसरी प्रदीप गिरिको विचार र सिद्धान्तमा जोड्न सकिन्छ भन्ने कुरा चुनौतीपूर्ण रहेको बताएका थिए । कार्यक्रममा बोल्दै कोइरालाले विपरीत ध्रुवका पार्टीसँगको गठबन्धनले दूरगामी रूपमा कांग्रेस पार्टी र सिद्धान्त कहाँ पुग्छ भन्ने प्रश्न चिन्ह् खडा भएको बताएका थिए । अर्को प्रसंगमा कोइरालाले गठबन्धन गर्दा १०० संख्या भन्दा कÞम सिटमा कांग्रेस मानेमा पार्टी भित्र विद्रोह हुन सक्ने सम्भावना आफुले देखेको बताएका थिए ।

त्यसैगरी उक्त शोकसभा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रदीप गिरि सम्पूर्ण रूपले लोकतन्त्रवादी, समाजवादी चिन्तक र स्वतन्त्र विचारक रहेको बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु डा. शेखर कोईराला, अर्जुन नरसिंह के.सी, जीवन परियार, गुरुराज घिमिरे, देवराज चालिसे, सञ्जालका संरक्षक हरि पौडेल, धर्मराज अधिकारी, पियूष दाहलले गिरि र उनको विचारको स्मरण गरेका थिए ।

त्यसैगरी कार्यक्रममा एनआरएनएका उपाध्यक्ष बि.आर लामा, सचिव प्रमोद सिटौला, विश्व सञ्जालका क्षेत्रीय सभापति टकबहादुर रूवाली, यूरोप संयोजक शेखर कँडेलले गिरिको बारेमा चर्चा गरेका थिए । सञ्जालका सभापति विष्णु सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उक्त शोकसभामा सञ्जालका उपसभापति नवराज सिवाकोटीले स्वागत र सह–महामन्त्री भूपि गोविन्द श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेको सञ्जालका प्रवक्ता मुक्तिनाथ पन्तले जानाकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);