अल बिदा प्रदीप गिरि (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अल बिदा प्रदीप गिरि (फोटो फिचर)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शुक्रबार राति निधन भएका गिरिको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

उनको अन्त्येष्टिमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, एमाले अध्यक्ष केपी शर्मा, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्र्ता र शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए ।

पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);