नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय मोहन क्वात्रा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय मोहन क्वात्रा

Vinay Mohan Kwatra

काठमाडौं, २९ पुस । भारतले विनय मोहन क्वात्रालाई नेपालका लागि नयाँ राजदूत बनाउने भएको छ । नेपालका लागि भारतका राजदुत मञ्जीभसिंह पुरीको कार्यकाल सकिएपछि भारतले विनय मोहनलाई नेपाल पठाउन लागेको हो ।

मार्च २५, २०१७ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका पुरीको डिसेम्बरबाट ३ वर्षे कार्यकाल सकिएको थियो । विनय मोहन अहिले फ्रान्सका लागि भारतीय राजदूतका रुपमा कार्यरत छन् । उनी भारतीय विदेश मामिलामा ३० वर्षदेखि सेवारत छन् ।

नेपालका लागि भारतीय राजदूत सिफारिस भएका उनले यसअघि भारतीय प्रधानमन्त्रीको कार्यालयमा सहसचिव तथा विदेश मन्त्रालयको नीति योजना तथा अनुसन्धान विभागका प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । त्यस्तै काठमाडौंमा रहेर उनले सन् २००६ देखि २०१० सम्म दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयको निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

भारतीय पक्षले सोमबार नयाँ राजदूतका बारेमा जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);