समाजवादी अन्दोलनको तयारी भइरहेको छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

समाजवादी अन्दोलनको तयारी भइरहेको छ : प्रचण्ड

समाजवादी आन्दोलनका लागि दार्शनिक, सैद्धान्तिक र राजनीतिक तयारी –

काठमाडौं, ५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी अन्दोलनको तयारी भइरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले विगतका जनयुद्ध, शान्ति सझौता, संविधान जारी तथा संविधानको कार्यान्वयन माओवादीकालागि गौरव भएको भन्दै अबका दिनमा समजवादी आन्दोलनको तयारी भइरहेको बताए ।

नेकपा एमालेसँगको एकताका क्रममा माओवादी केन्द्रले सिद्धान्त र आदर्श छोडेको भनेर पार्टी भित्र र बाहिरबाट आरोप लागिरहेका वेला अध्यक्ष दाहालले समाजवादी आन्दोलनका लागि दार्शनिक, सैद्धान्तिक र राजनीतिक तयारी भइरहेको बताए ।

अध्यक्ष दाहालले विगतका सबै काम औचित्यपूर्ण भएको भन्दै अहिलेको कम्युनिष्ट पार्टीबीचको एकता र सिद्धान्तको बहसको औचित्य स्थापित गर्ने प्रयत्न गरे । अध्यक्ष दाहालले मुलुकमा प्राप्त उपलब्धि सहिदहरुको बलिदानीपूर्ण संघर्षको उपज भएको पनि उल्लेख गरे ।

कार्यक्रममा कलाकार जीवन शर्मा, नारायणभक्त श्रेष्ठ, विमल निभा, रामकृष्ण भण्डारी, सिता आचार्य, सुवास गजुरेलसहितलाई सम्मान गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);