सञ्चार माध्यमले सरकारबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरिरहेको सञ्चारमन्त्रीको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सञ्चार माध्यमले सरकारबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरिरहेको सञ्चारमन्त्रीको आरोप

काठमाडौं, २० मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चार माध्यमले सरकारबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरिरहेको आरोप लगाएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले ‘एशीया प्यासिफिक समिट’मा सहभागिताको विषयलाई लिएर विभिन्न सञ्चार माध्यामले सरकारलाई आपेक्ष गराउने गरी तथ्यलाई तोडमोड गरेर समाचार सम्प्रेषण गरेको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराएका छन् ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकका निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो समिट पटक–पटक भएपनि सञ्चार माध्यामले यो पटक मात्रै भए जसरी समाचार सम्प्रेषण गरेको आरोप लगाए ।

गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरु सहभागी हुँदै आएको समिटमा वर्तमान सरकारमात्रै सहभागी भए जसरी भ्रमपूर्ण समाचार आएको मन्त्री बास्कोटाको दावी छ । मन्त्री बास्कोटाले मन्त्रीपरिषद बैठकको निर्णयबारे आफूसँग जानकारी लिएर मात्रै समाचार सम्प्रेषण गर्न पनि संचारकर्मीहरुलाई आग्रह गरे ।

मन्त्री बास्कोटाले सरकारले सूचना नलुकाएको बताएका छन् । उनले समाचारलाई तोडमोड गर्ने काम भएपछि सरकारले त्यसो हुन नदिन व्यवस्थित ढंगले मन्त्रीपरिषद बैठकको निर्णयबारे जानकारी दिन छुट्टै पत्रकार सम्मेलन गर्नु परेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);