सञ्चार माध्यमलाई मर्यादित भएर कलम चलाउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

सञ्चार माध्यमलाई मर्यादित भएर कलम चलाउन आग्रह

काठमाडौं, २४ चैत । सञ्चार तथा सूचना प्रविधी राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार माध्यमहरुलाई मर्यादित भएर कलम चलाउन आग्रह गरेका छन् ।

शनिबार राजधानीमा आयोजीत ब्रोर्डकाष्ट्रिङ एसोसिएसन अफ नेपालको १३ औं बार्षिक साधारणसभामा राज्यमन्त्री बास्कोटाले सूचना संप्रशण गर्ने क्रममा सामाजिक उत्तरदायीत्व नभूल्न आग्रह गरे ।

उनले सत्य तथ्यलाई तोड मोड गरेर समाचार सम्प्रेषण गर्नेलाई कार्बाहीको दायरामा ल्याउने बताए । उनले सञ्चार माध्यममा देखिएको समस्यालाई छलफलको माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।