संचार माध्यमहरुलाई मर्यादित भएर कलम चलाउन आग्रह : गोकुल बास्कोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, २४ चैत । सुचना तथा संचार प्रबिधी राज्य मन्त्री गोकुल बास्कोटाले संचार माध्यमहरुलाई मर्यादित भएर कलम चलाउन आग्रह गरेका छन् ।

शनिबार राजधानीमा आयोजीत ब्रोर्डकाष्ट्रिङ एसोसिएसन अफ नेपालको १३ औ बार्षिक साधारण सभामा बोल्दै राज्यमन्त्री बास्कोटाले एफर रेडियोहरुले मयादित भएर काम गर्न आग्रह गरे । उनले सत्य तथ्यलाइ तोड मोड गरेर समाचार सम्प्रेसन गर्नेलाइ कारवाहीको दायरामा ल्याउने पनि स्पष्ट पारे ।

उनले संचारमाध्यममा देखिएको समस्यालाइ छलफको माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले एफएम रेडियोले आफनो नामको फ्रिकौन्सी बेच्ने कार्य बन्द गर्न आग्रह समेत गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);