संसदीय समितिले टेलिकमको फोरजी सेवा अघि बढाउन नदिएको मन्त्री बास्कोटाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

संसदीय समितिले टेलिकमको फोरजी सेवा अघि बढाउन नदिएको मन्त्री बास्कोटाको आरोप

gokul baskota

काठमाडौं, २२ माघ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संसदीय समितिहरुले नेपाल टेलिकमको फोरजी सेवा विस्तारको काम अघि बढाउन नदिएको आरोप लगाएका छन् ।

मन्त्री बास्कोटाले ६ वटाभन्दा बढि संसदीय समितिहरुले फोरजी सेवा संचालन गर्न नदिन तर्साउने, धम्क्याउने, हल्लाउने काम गरिरहेकोे भन्दै आक्रोश व्यक्त गरे । उनले नेपाल टेलिकमको फोरजी सेवा संचालन गर्न नदिएर कसको सेवा गर्न खोजेको भन्दै संसदीय समितिहरुलाई प्रश्न गरेका छन् ।

फोरजी सेवा विस्तारमा आर्थिक अनियमितता भयो भनेर गलत आरोप लगाइएको दावी गर्दै मन्त्री बास्कोटाले त्यस्ता गलत खालको प्रचारसामू आफूले घुँडा नटेक्ने चेतावनी दिए । मंगलबार नेपाल टेलिकमको १५ औं वार्षिकोत्सव कार्यक्रमको काठमाडौंमा उद्घाटन गर्दै उनले नेपाल टेलिकम भित्रकै केही व्यवस्थापक र इन्जिनियरहरुले राति राति आफ्नो घरको पोल अरुलाई लगाउँदै ‘देश द्रोही’को जस्तो व्यवहार गरेको भन्दै सचेत रहन पनि आग्रह गरे ।

मन्त्री बास्कोटाले नेपाल टेलिकमका कर्मचारीहरुलाई इमान्दार भएर काम गर्न पनि सचेत गराए । मन्त्री बास्कोटाले नेपाल टेलिकमका कर्मचारीहरुलाई जनताको सेवामा समर्पित हुन पनि निर्देशन दिए । मुनाफा आर्जनलाई मुख्य लक्ष्य बनाएर अघि बढेको निजी क्षेत्रसँग जनताको सेवाका लागि समर्पित नेपाल टेलिकमको तुलना हुनै नसक्ने मन्त्री बास्कोटाको भनाई छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);