गाउँगाउँमा स्वास्थ्य सेवा विस्तार गर्न अर्थ मन्त्रालयले सहयोग गरेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौं, २२ माघ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले गाउँगाउँमा स्वास्थ्य सेवा विस्तार गर्न अर्थ मन्त्रालयले सहयोग नगरेको गुनासो गरेका छन् । राज्यमन्त्री यादवले सबै पालिकाको वडा तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक बजेटको व्यवस्था गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले सहयोग नगरेको गुनासो गरे ।

मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले संविधानले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरेपनि त्यसलाई कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयले आवश्यक बजेट नदिएको बताए ।

बैठकमा समितिका सदस्यहरुले स्वास्थ्य सेवामा जनताको सहज पहुँच पु¥याउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । त्यसको जवाफ दिने क्रममा राज्यमन्त्री यादवले अर्थमन्त्री खतिवडालाई सो काममा सहयोग गर्न सचेत गराउन पनि समितिलाई आग्रह गरे ।

राज्यमन्त्री यादवले सरकारले दिने एम्बुलेन्स समेत अर्थ मन्त्रालयले थाहै नदिई स्विकृति दिने गरेको भन्दै आपत्ति जनाए । उनले सोही कारण एम्बुलेन्स लगायतका सेवा संचालनमा पनि कठिनाई भईरहेको समितिलाई जानकारी गराए ।

त्यस अवसरमा राज्यमन्त्री यादवले सरकारले सबै जिल्लामा विशेषज्ञसहितको १५ सैंयाको अस्पताल स्थापना गर्ने कामलाई अघि बढाइएको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);