गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन बजेटको अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन बजेटको अभाव

health-check

काठमाडौं, १५ असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन बजेटको अभाव रहेको स्पष्ट पारेका छन् ।

राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा जनशक्तिको समेत अभाव रहेको बताए । सोमबार संघीय संसद शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्रालयको कामकार्वाहीबारे जानकारी गराउँदै उनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि बजेट अभाव रहेको बताए ।

राज्यमन्त्री यादवले विभिन्न मन्त्रालय मातहत पनि अस्पताल रहेकाले अस्पतालहरुको अनुगमनमा पनि कठिनाई हुने गरेको गुनासो गरे ।

बैठकमा समितिका सदस्य गगन थापाले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन जोड दिन सरकारलाई सचेत गराएका थिए । उनले मुलुकको आवश्यक्तालाई धान्ने गरी राष्ट्रिय स्वास्थ्य नीति बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

समितिका अर्का सदस्य खगराज अधिकारीले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाएर स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिए । उनले म्याद सकिएको भ्याक्सिन प्रयोगमा ल्याइएको भन्ने समाचार आएको भन्दै तत्सम्बन्धमा तत्काल अनुगमन गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);