स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँछु : उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँछु : उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव

Upendra Yadav

काठमाडौं, १९ जेठ । नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवा सबै जनताको पहुँचमा पुर्‍याइने बताएका छन् ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले शुक्रबार बेलुका स्वास्थ्य मन्त्रालयमा पदबहालीका क्रममा चुनौतीपूर्ण भएपनि स्वास्थ्य सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन भूमिका खेल्ने बताए । उनले उपलब्ध स्रोत साधन र जनशक्तिको पूर्ण परिचालन गर्ने र नतिजामुखी परिणाम हासिल गर्न सम्बद्ध सबैसँग सहकार्य गर्ने बताए ।

सात वर्षपछि सिंहदरबार प्रवेश गरेका समाजवादी फोरम नेपालका अध्यक्ष यादवले यसअघि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको रुपमा काम गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);