टेलिकमकाे फोरजी सेवा बिस्तारको टेन्डरप्रति नेकपाकै सांसदको असन्तुष्टी | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

टेलिकमकाे फोरजी सेवा बिस्तारको टेन्डरप्रति नेकपाकै सांसदको असन्तुष्टी

nepaltelecome-4g

काठमाडौं, १३ माघ । फोरजी सेवा विस्तार गर्न भन्दै नेपाल टेलिकमले अघि बढाएको टेन्डर आह्वान प्रक्रियाप्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसदहरुले असन्तुष्टि जनाएका छन ।

आईतबार संघीय संसद, अर्थ समितिको बैठकमा सत्तारुढ नेकपाकी सांसद रामकुमारी झाँक्रीले ४ अर्वमै सकिने कामलाई २२ अर्व खर्च गरेर सो सेवा विस्तार किन गर्न लागेको भन्दै प्रश्न गरिन् ।

उनँले नेपाल टेलिकमले फोरजी सेवाको नाममा ठूलै आर्थिक घोटाला गरेको आशंका गर्दै तत्काल छानवीन गर्न सरकारसँग माग गरिन् । एनसेलले ४ अर्वमा सकेको कामलाई नेपाल टेलिकमले २२ अर्वको बजेट इस्टिमेट गरेर ठूलै आर्थिक चलखेल गर्न खोजेको उनको आरोप छ।

सत्तारुढ नेकपाकै अर्का सांसद मेटमणि चौंधरीले टेलिकमको फोरजी सेवा विस्तार सम्बन्धि परियोजनामा ठूलो आर्थिक चलखेल भएको हुन सक्ने आशंका व्यक्त गरे । उनले नेपाल टेलिकमले फोरजी सेवा विस्तारको नाममा आर्थिक अनियमितता गर्न खोजेको भन्दै आपत्ति जनाए । सांसद चौंधरीले नेपाल टेलिकमको सो परियोजनालाई पारदर्शी ढंगले अघि बढाउन पनि सरकारलाई सचेत गराए ।

ताजा समाचार