धनगढीमा नेकपाका कार्यकर्ता र प्रहरीबीच झडप, १८ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

धनगढीमा नेकपाका कार्यकर्ता र प्रहरीबीच झडप, १८ जना घाइते

कैलाली, २४ चैत । कैलालीको धनगढी चौराहामा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । जनआन्दोलन दिवसको अवसर पारेर नेकपाले निकालेको र्यालीमा सरकार र प्रहरी प्रशासन विरोधी नारा लगाउँदै बजार क्षेत्रभित्र प्रवेश गर्न लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यस क्रममा भएको झडपमा परी १८ जना प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शन अघि नै प्रहरीले नेकपाका नेता डबल साहलाई पक्राउ गरेको थियो । साहलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनकारीले सरकारविरोधी नाराबाजी गरेका थिए । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गरेको छ भने शान्तिपूर्वक कार्यक्रम गर्न दिन माग पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);