केही दिन भित्रै ‘डोर टु डोर’ स्वास्थ्य सेवा सञ्चालन गर्नेछौंः मन्त्री गुरुङ्ग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

केही दिन भित्रै ‘डोर टु डोर’ स्वास्थ्य सेवा सञ्चालन गर्नेछौंः मन्त्री गुरुङ्ग

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गले केही दिन भित्र नै कोभिड संक्रमितका लागि सरकारले डोर टु डोर स्वास्थ्य सेवा सञ्चाल गर्ने बताएका छन् । छैटौं पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङ्गले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएका परिवारलाई स्वास्थ्य सेवा दिने गरी स्वास्थ्य सेवा सञ्चालन गरिने बताएका हुन् ।

उनले कसैलाई पनि कुनै पनि खाद्यपदार्थको अभाव हुन नदिने गरी स्वास्थ्य जस्तै तरकारी लगायत अत्यावश्यक खाद्यपदार्थको पनि डोर टु डोर सेवा सञ्चाल गरिने आश्वासन दिए । उनले भने– “परिवार नै कोभिड संक्रमण देखिएको छ । आफन्त छैनन् सबै आइसोलेशनमा छन् भने हामी डोर टु डोर सेवा दिने मेडिकल टिम सहितको गाडी दौडिने छ । त्यसको नेपाल रेडक्रसले त्यसको संयोजन गर्ने छ । ”मन्त्री गुरुङ्गले महामारीको समयमा संञ्चार गृहहरुलाई भय र त्रास फैलाउने काम नगर्न सुझाव दिए ।

मान्छेहरुलाई त्रसित र निरास बनाउने किसिमका समाचार सम्प्रेषण हुने गरेको भन्दै उनले छिटै नै मन्त्रालयले सञ्चार गृहहरुलाई गाईड लाइन्स बनाएर परिपत्र गर्ने तयारी गरिरहेको बताए । त्यसका लागि सबै सञ्चारगृहलाई समावेश गरी मन्त्रालयभित्रै समाचार उत्पादन गर्न एउटा छुट्टै टिम बनाउन लागेको पनि उनले जानकारी दिए । मन्त्री गुरुङ्गले मन्त्रालयले घोषणा गरेको सम्मान तथा पुरस्कारमा सन्तुलन र समावेशी नहुन पनि सक्ने उल्लेख गर्दै कुनै पनि विषय विवादरहित हुन नसक्ने पनि बताए ।

जुनसुकै कुराको पनि विरोध गर्ने र आलोचना गर्ने संस्कार रहेको भन्दै समाचार विक्री गर्ने सोचमा नभई समाजलाई सकारात्मक परिर्वतन गर्नुको साथै वर्तमान अवस्थामा कोभिड मुक्त बनाउने सोचमा अघि बढ्न्ुपर्नेमा मन्त्री गुरुङ्गले जोड दिए । उनले कोभिड रोकथाम तथा नियन्त्रणका कार्यहरुमा सरकारले सबैसंग समन्वय गरेर जानुपर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);