भक्तपुरमा सुरु भयो ढकतराजु नवीकरण डोर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भक्तपुरमा सुरु भयो ढकतराजु नवीकरण डोर

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर नगरपालिकाको समन्वयमा भक्तपुर नगरपालिका क्षेत्रमा ढकतराजु नवीकरण तथा दर्ता कार्यसञ्चालन थालेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट डोर टोली खटाई उक्त काम सुरु भएको हो ।

नगरमा आएको टोलीले पहिलो दिन भक्तपुर नगरपालिका-३ वंशगोपालमा बसेर सेवा दिएको थियो । सो दिन ६० भन्दा बढी व्यवसायीले सेवा लिएको भक्तुपर उद्योग वाणिज्य संघले जनाएको छ । दोस्रो दिन भक्तपुर नगरपालिका-५ सुकुलढोका क्षेत्रबाट पनि ७० व्यवसायीले सेवा प्राप्त गरेको संघले जनाएको छ ।

भक्तपुर नगरमा टोली बसे पनि सेवाग्राही नगर बाहिरबाट पनि आएको जनाइएको छ । ढकतराजु खरिद गर्दा रसिद नभएको कारण तथा आवश्यक कागजात नहुँदा र म्याद गुज्रेको कारण धेरै व्यवसायी सेवाबाट बञ्चित हुनुपरेको देखिएको छ । 

अहिले नयाँ ढकतराजु खरिद गरेपछि खरिद गरेको ३५ दिनभित्र नेपाल गुणस्तर तथा नापतौल विभागमा दर्ता गरी समयमै नवीकरण गर्नुपर्छ । म्याद नाघेको खण्डमा एक वर्ष कैद तथा १० हजार जरिवाना असुल गर्ने व्यवस्था रहेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);