लोकसेवामा युवाको आकर्षण बढदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लोकसेवामा युवाको आकर्षण बढदै

lok sewa ayog

काठमाडौं, १ असार । लोकसेवा आयोगमार्फत नेपाल सरकारको सेवामा प्रवेश गर्न युवाहरुको उत्साहजनक आकर्षण देखिएको छ । कतिसम्म भने एक पदको दर्खास्त आह्वान गरिएकोमा दुुई सय ८० जनाको दरले आवेदन परेको छ । लोकसेवामा परेको आवेदनले बेरोजगारीको भयावह अवस्थालाई समेत प्रष्ट देखाएको छ ।

लोक सेवा आयोगमार्फत राष्टसेवा सेवामा युवा आकर्षण यो दशककै सबैभन्दा उच्च देखिएको छ । विगतमा पेन्सनसहित सेवा निवृत्त जीवनको सुरक्षाका लागि सुरक्षित भएका कारण लोकसेवामार्फत राष्ट्रसेवामा आकर्षण देखिएपनि अहिले निवृतिभरणको व्यवस्था हटाइएको छ । तर पनि युवाको अकर्षण भने अझ बढी देखिएको हो ।

लोकसेवा आयोगमार्फत स्वतन्त्र, निष्पक्ष तथा तटस्थ परीक्षा हुने र योग्यता अनुरुप समान अवसर पाउने भएकाले युवाहरुको आकर्षण बढेको हो । बिगत दश बर्षको लोक सेवा आयोगको तथ्याङ हेर्दा लोकसेवा परीक्षा दिनेको संख्या ह्वात्तै बढेको छ । आर्थिक बर्ष ६४-६५ मा महिला र पुरुष दरखास्त संख्यामा एक लाख ७५ हजार एक सय २२ दरखास्त परेको मा ६५-६६ मा ८६ हजार एकसय ६८ मात्र दरखास्त परेको थियो । ६६-६७ मा केही बढेर तीन लाख चार सय ६३ दरखास्त आएकोमा ६७-६८ मा पुनः दुई लाख ५१ हजार ६ सय ५१ मा झरेको थियो ।

आर्थिक बर्ष ६८-६९मा दुई लाख ७१ हजार पाँच सय ७७ दरखास्त परेको थियो । आर्थिक बर्ष ६९-७०मा तीन लाख ६८ हजार आठसय पाँच दरखास्त परेका थियो । आर्थिक बर्ष ७०-७१ मा पाँच लाख ६० हजार नौ सय १५ दरखास्त परेको थियो । आर्थिक वर्ष ७१-७२ मा पाँच लाखा ९९ हजार छ सय ६८ जनाले दरखास्त दिएका थिए । आर्थिक बर्ष ७२-७३ मा पाँच लाख ९५ हजार ३१ दरखास्त परेको थियो ।

आर्थिक बर्ष ७३-७४मा आठ लाख ४४ हजार दुई सय ९७ जनाले दरखास्त दिएको तथ्याङ आयोगले सार्वजनिक गरेको छ । मुलककै जेठो संबैधानिक अंगको रुपमा रहेको लाकसेवा आयोगले आफनो ६८ औँ बार्षिकोत्सव मनाइँरहदा नेपालको संविधान बमोजिमको लोक सेवा आयोग ऐन जारी नहुँदा कममा असहजिलो भएको आयोगको गुनासो छ ।

लोकसेवा आयोगले सार्वजनिक गरेको तथ्याङ्कले नेपालमा रोजगारी नपाएर भौतारिएका युवा संख्या अत्यन्तै बढी रहेको देखाएको छ । लोकसेवा पास गर्नेले राष्ट्र सेवा गर्ने अवसर पाए पनि असफल हुने कतिपय बिदेशिने गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);