सरकारी सेवामा चुलियो आकर्षण, माग ५९००, आवेदन ५७१३२२ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारी सेवामा चुलियो आकर्षण, माग ५९००, आवेदन ५७१३२२

loksewa aayog

काठमाडौं, २५ कात्तिक । सरकारी सेवामा प्रवेश गर्नेको आकर्षण ह्वात्तै बढेको छ । लोक सेवा आयोगका अनुसार गत आर्थिक वर्ष २०७४÷७५ मा माग संख्याभन्दा ९५ गुणा बढीले परीक्षाका लागि आवेदन दिएका छन् ।

आयोगले विभिन्न पदमा ५ हजार ९७० सिटका लागि दरखास्त आह्वान गरेको थियो । ती पदमा जागिर खान ५ लाख ७१ हजार ३२२ जनाले दरखास्त दिए । दरखास्त दिनेमा महिलाको संख्या २ लाख ९६ हजार ७०४ जना (५२ प्रतिशत) थियो भने पुरुषको संख्या २ लाख ७१ हजार १४९ (४८ प्रतिशत) थियो ।

नेपालको संविधान जारी हुनुअघि आयोगले निजामती सेवाका लागि आवश्यक पर्ने जनशक्तिको मात्रै परीक्षा लिने गरेको थियो । तर, संघीय शासनअनुरूपको संविधान आएपछि लोक सेवाले नेपाली सेना, दुईवटै प्रहरी बल तथा अन्य संगठित संस्थाको रिक्त पदमा समेत परीक्षा लिँदै आएको छ । बिनासोर्सफोर्स निष्पक्ष रूपमा परीक्षा हुने भएकाले पनि यसतर्फको आकर्षण बढेको हो ।

सरकारी सेवाका जानकारहरूका अनुसार आकर्षण चुलिनुका कारणमा सरकारी जागिरमा प्रवेश गरेर उच्च तहमा पुगेकाहरूको आर्थिक अवस्था मजबुत छ भने जीवनशैली विलासीयुक्त छ । उनीहरूमध्ये कतिपयले शक्तिकेन्द्रसँग प्रत्यक्ष पहँुचसमेत राख्ने गरेका छन् । सरकारी जागिरको सुरक्षा छ । सेवानिवृत्त भए पनि पेन्सन आउँछ भने सामाजिक प्रतिष्ठा जोडिएका कारण पनि आकर्षण बढेको उनीहरूको बुझाइ छ ।

आयोगका अनुसार विगत १० वर्षको अवधिमा दरखास्त दिनेको संख्या ६ गुणाले वृद्धि भएको छ । आर्थिक वर्ष २०६५÷६६ मा कुल दरखास्त संख्या ८६ हजार १६८ मात्रै थियो । आयोगका अनुसार यस अवधिमा कुल ५ हजार ९७० पदका लागि १ हजार २०४ वटा विज्ञापन गरिएको थियो ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);