भूकम्पमा भागेका कैदीलाई थप यस्तो सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भूकम्पमा भागेका कैदीलाई थप यस्तो सजाय

jail

सिन्धुपाल्चोक, १३ फागुन । सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका ९८ कैदीबन्दीलाई थप कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दीपक खनालको इजलासले भूकम्पका बेला भागेर अझै सम्पर्कमा नआउने फरार कैदीबन्दीलाई भागे भगाएको कसुरमा डेढी सजाय हुने फैसला सुनाएको हो ।

२०७२ बैशाख १२ को भूकम्पमा जिल्ला कारागारबाट २ सय १६ कैदीबन्दी भागेका थिए । समाचारमा लेखिएको छ, भूकम्पका कारण भवन क्षतिग्रस्त बनेको थियो । भूकम्प कम्पनसँगै भवन भत्कन थालेपछि खोजेको बेला सम्पर्कमा आउन भन्दै कारागार प्रशासनले नै उनीहरुलाई छोडेको थियो ।

अदालतको फैसलाअनुसार अदालतबाट ४ बर्ष कैद सजाय पाएका कसुरदारले तीन बर्ष भुक्तान गरी भागेकोमा बाँकी एक बर्ष कैदमा डेढी बढाई अर्थात थप ६ महिना कैद भोग्नुपर्नेछ । आजको नागरिक दैनिकको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);