पूर्वसांसद श्यामसुन्दर गुप्तालाई १० वर्ष कैद सजाएको फैसला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

पूर्वसांसद श्यामसुन्दर गुप्तालाई १० वर्ष कैद सजाएको फैसला

SHYAM SUNDAR gupta

काठमाडौं, १३ भदौ । उच्च अदालत पाटनले अपहरण तथा शरीर बन्धक बनाएको कसुरमा पूर्वसांसद श्यामसुन्दर गुप्तालाई १० बर्ष कैद सजाएको फैसला सुनाएको छ । अदालतले गुप्ता लगायत अन्य ५ जना विरुद्ध १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।

न्यायाधीश गुणराज ढुंगेल र टेकप्रसाद ढुंगानाको इजलासले गुप्ताका साथै आकाश लामा, जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशोर पाण्डेलाई दोषी ठहर गरेको हो ।

यही मुद्दामा जिल्ला अदालत काठमाडौंले उनीहरुलाई अपहरण तथा शरीर बन्धक बनाउने प्रयास गरेको मात्रै ठहर गरेको थियो। त्यही कसुरमा उनीहरुलाई साढे ३ वर्षका दरले कैद सजाय हुने फैसलालाई उच्च अदालतले उल्ट्याएको हो ।

गुप्तामाथि २०६८ साल माघमा व्यापारी पवनकुमार संघाईको अपहरणको मुख्य योजनाकार रहेको आरोप छ । यसअघि उनी जिल्ला अदालतको फैसला अनुसारको सजाय काट्दै २०७० साउन २ गते रिहा भएका थिए । २०७२ भदौमा सरकारले उच्च अदालतमा पुनरावेदन गरेको थियो ।

गुप्ताले व्यापारी संघाईलाई अपहरण गरी २० दिनसम्म काभ्रेमा लुकाएर बेपत्ता पारी फिरौतीबापत ८५ लाख रूपैयाँ लिई मुक्त गरेको अभियोग लागेको थियो।पूर्वसांसद गुप्ता तत्कालीन सद्भावना पार्टीका नेता थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);