सुडान घोटालाका मुख्य आरोपी शम्भु भारती पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सुडान घोटालाका मुख्य आरोपी शम्भु भारती पक्राउ

shambu bharati

काठमाडौं, १३ भदौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुडान घोटालाका मुख्य आरोपी शम्भु भारतीलाई पक्राउ गरेको छ । प्रहरीले भारतीलाई शुक्रवार बिहान ललितपुरको भैंसेपाटीस्थित निवासबाटै पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार भारतीलाई अदालत बुझाउने तयारी भइरहेको छ । सुडानमा खटिने प्रहरीको मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदका क्रममा भएको भ्रष्टाचार प्रकरणको छानबिनपछि अख्तियारले कुल २८ करोड ८१ लाख रुपैयाँ मागदाबी गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

२०६८ साल जेठ २४ मा पूर्वमहानिरीक्षकहरु रमेशचन्द ठकुरी, ओमविक्रम राणा र हेमबहादुर गुरुङसहित ३४ प्रहरी अधिकारी, ठेकेदार एस्युर्ड रिस्क लिमिटेडका मिचेर राडार र उनका नेपाल प्रतिनिधि शम्भु भारतीविरुद्ध मुद्दा दायर भएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);