सडक बिस्तारमा मुआव्जा माग गर्दै हेटौंडा बजार बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सडक बिस्तारमा मुआव्जा माग गर्दै हेटौंडा बजार बन्द

हेटौंडा,माघ ३ ।
पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको दायावायाँ २५ मीटर सडक बिस्तार गर्दा क्षतिपुर्ती र मुआव्जा दिनुपर्ने भन्दै आज हेटौँडामा बिरोध प्रदर्शन गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले सडक ऐन २०३१ अनुसार राजमार्गको दायावायाँ अतिक्रमणगरी बनेका घर टहरा हटाउन सूचना जारी गरेको बिरोधमा मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा हेटौंडा बजार समेत बन्द गरिएको

सडक बिस्तारमा मुआव्जा माग गर्दै हेटौंडा बजार बन्द

हेटौंडा,माघ ३ ।
पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको दायावायाँ २५ मीटर सडक बिस्तार गर्दा क्षतिपुर्ती र मुआव्जा दिनुपर्ने भन्दै आज हेटौँडामा बिरोध प्रदर्शन गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले सडक ऐन २०३१ अनुसार राजमार्गको दायावायाँ अतिक्रमणगरी बनेका घर टहरा हटाउन सूचना जारी गरेको बिरोधमा मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा हेटौंडा बजार समेत बन्द गरिएको थियो ।

मुआव्जा र क्षतिपुर्ती नदिई सडक बिस्तार गर्दा घरधनिर व्यवसायी मर्कामा पर्ने भन्दै उनीहरुले सडक बिस्तार गर्नुअघि क्षतिपुर्ती र मुआव्जा दिने व्यवस्था मिलाउन सरकारसंग माग गरेका हुन् ।डिभिजन सडक कार्यालयले गत पौष १८ गते १५ दिनको सूचना जारी गर्दै घर टहरा खाली गर्न सूचना जारी गरेको थियो ।

मंगलबारदेखि सर्वसाधारणले अतिक्रमण गरेको घर टहरा हटाउन डिभिजन सडक कार्यालयको तयारी छ । सडक कार्यालयले १५ दिन भित्र सडक खाली गर्न समय आवश्यक परे कार्यालयमा निबेदन दिनुपर्ने बताएको छ ।  बिरोध ¥याली पछि आयोजित सभामा सांसद अनन्त पौडेलले सडक ऐन संसोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सर्वसाधारण जनतालाई बिचल्ली पार्ने गरी सडक बिस्तार गर्नु नहुने भन्दै उहाँले सडक ऐन संसोधनका लगि प्रयास गर्ने बताउनुभएको हो । कार्यक्रममा नेपाल नगरपालिका एशोसियशनका अध्यक्ष डोरमणि पौडेल,मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, राप्रपाका केन्द्रीय सदस्य दिपक बहादुर सिंह, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य बिर बहादुर लामा, नेपाली कांग्रेसका अशोक शाक्य, नेकपा एमालेका एकलाल श्रेष्ठ, जनमोर्चाका जिल्ला अध्यक्ष कमल चन्द्र सुमन, व्यवसायी दिपेन्द्रचन्द ठकुरी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);