आगामी तीन दिन ठूला नदीको बहाव घट्बढ हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आगामी तीन दिन ठूला नदीको बहाव घट्बढ हुने

काठमाडौं, ३१ असार । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका केही ठूला नदीको बहावमा सामान्य घट्बढ हुने जनाएको छ।

महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती र बबई नदीमा बहाव सामान्य घटबढ हुनेछ ।

ठूला नदीमा बाढीको जोखिम नरहेकाले तटीय क्षेत्रका कार्यहरू सतर्कता साथ गर्न सकिने महाशाखाको बुलेटिनमा उल्लेख छ।

आज (बुधबार) भने कन्काई, बागमती, तिनाउ र पश्चिम राप्तीका केही साना तथा सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने न्यून सम्भावना रहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);