देशकाे १५ जिल्लामा मध्यम वर्षा हुँदै, नारायणी नदीमा बहाव बढ्न सक्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देशकाे १५ जिल्लामा मध्यम वर्षा हुँदै, नारायणी नदीमा बहाव बढ्न सक्ने

काठमाडौं, ८ साउन । पछिल्लो तीन घण्टामा चारवटा प्रदेशको १५ जिल्लामा मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी सूचना केन्द्रले प्रदेश नम्बर–२ को सर्लाही, रौतहट, बारा र पर्सा तथा बागमती प्रदेशको चितवन र मकवानपुरमा वर्षा भइरहेको जनाएको छ।

गण्डकी प्रदेशको तनहूँ, लमजुङ र स्याङ्जासँगै ५ नम्बर प्रदेशको पाल्पा, गुल्मी अर्घाखाँची, नवलपरासी, रूपन्देही, कपिलवस्तु र आसपासको क्षेत्रमा पनि मध्यम वर्षा भइरहेको रहेको छ।

केन्द्रका अनुसार वर्षा भइरहेको स्थानका साना नदीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना छ। मानिसहरूलाई सतर्क रहन केन्द्रको आग्रह छ।

यसैबीच, नारायणी र यसका सहायक नदीमा बहाव बढ्ने, अन्य सबै प्रमुख र मझौला नदीमा केही घट्बढ हुने तर सतर्कता तह भने तलै हुने केन्द्रले बुलेटिनमार्फत जानकारी दिएको छ।

आज र भोलि कन्काई, बागमती, तिनाऊ, पश्चिम राप्ती, बबईका केही सहायक नदीमा पनि आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);