लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित

weather rain

काठमाडौं, ५ साउन । लगातारको वर्षाले सोमबार देशभरको जनजीवन प्रभावित पारेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारसम्म देशभरका अधिकांश स्थानमा वर्षा हुने प्रक्षेपण गरेको छ ।

विभागले बुधबारसम्म प्रदेश नम्बर–१, २, गण्डकी र बाग्मती प्रदेशका केही स्थानमा भारी वर्षा हुने र अन्य प्रदेशहरूमा कम वर्षा हुने जनाएको छ।

बिहीबारदेखि भने वर्षाको गतिविधिमा केही कमी आउने छ । बिहीबारदेखि मनसुनी न्यून चापीय रेखा केही तल सर्ने भएकाले वर्षाको गतिविधिमा केही मात्रामा कमी आउने विभागले जनाएको छ ।

वर्षासँगै नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकाका बाग्मती, विष्णुमती, हनुमन्ते, मनोहरा लगायतका नदीमा पानीको बहाव बढेको छ । उपत्यका बाहिरका मुख्य नदीहरूमा पनि पानीको बहाव निरन्तर बढीरहेको छ । चितवनको नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ ।

त्यसैगरी, कोशी नदीमा पनि पानीको बहाव सतर्कताको तहसम्म पुगेको छ । कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्ती, बबई र विभिन्न सहायक नदीमा पनि पानीको बहावले खतराको तह पार गर्न सक्ने अनुमान गरिएको छ ।

निरन्तरको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो गएको छ भने पहिरोका कारण सडक समेत अवरुद्ध भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);